आमाद्वारा आफ्नै छोरीको हत्या

आमाद्वारा आफ्नै छोरीको हत्या

१ भदौ, प्युठान । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading
TOP