नेपाल भारतबीच औपचारीक संवाद शुरु, तर सीमाबारे भएन कुरा

नेपाल भारतबीच औपचारीक संवाद शुरु, तर सीमाबारे भएन कुरा

१ भदौ, काठमाडौं । नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले अतिक्रमण गरेर बाटो बनाए पछि शुरु भएको विवाद समाधान नभए पनि दुई देशबीच औपचारीक संवाद शुरु भएको छ ।

आज दुई देशबीच काठमाण्डौमा भएको वार्तामा नेपाल भारत सयुक्त निरीक्षण संयन्त्रको बैठक सम्पन्न भएको हो ।
भारतको स्वतन्त्रता दिवसका दिन शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद पछि यो बैठक बसेको हो ।

सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी थिए ।

सोमबारको बैठकमा भारतीय पक्षले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार ३०१ घर निर्माण गरिएको जानकारी गराएको थियो ।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो ।

बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो ।

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । संयन्त्रको मात्र बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ ।

सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा जनाइएको छ ।

Loading
TOP