बलिवुड अभिनेता आमिर खान विवादमा !

बलिवुड अभिनेता आमिर खान विवादमा !

२ भदौ, काठमाडौँ । बलिवुड अभिनेता आमिर खान अहिले विवादमा आएका छन् । आफ्नो फिल्म लालसिंह चड्डाको शुटिंगका लागि हाल टर्कीमा रहेका अभिनेता आमिर खानले टर्कीकी प्रथम महिला एमीन एर्दोगानसँगको भेट विवादमा परेको हो । सामाजिक संजालमा आमिर खान र एमीनको तस्बीर सार्बजनिक हुनासाथ उनको आलोचना शुरु भएको छ ।

सामाजिक संजालमा आमिर खानलाई देशद्रोही भन्दै ट्रोल गरिएको छ भने राजनीतिक दल तथा नेताहरुले समेत आमिरको यो भेटको आलोचना गरिरहेका छन् ।

खासमा भारत र टर्कीको सम्बन्ध केहि समयदेखि राम्रो मानिदैन । गत बर्ष भारतले जम्मू कश्मिरमा आर्टिकल ३७० हटाएपछि टर्कीले भारतको विरोध गर्दै पाकिस्तानको समर्थन गरेको थियो ।

पाकिस्तानको समर्थन गर्ने टर्कीकी राष्ट्रपतिकी पत्नीलाई आमिर खानले भेट गरेको विषयले उनलाई विवादमा ल्याएको हो ।

विवाद वारे आमिर खानले भने अहिलेसम्म केहि बोलेका छैनन् ।

कोरोना महामारीकै बीचमा आमिर आफ्नो फिल्म लालसिंह चड्डाको शुटिंगका लागि केहि दिन अघि मात्र टर्की पुगेका हुन् । मिडिया रिपोर्टका अनुसार फिल्मकी हिरोइन करीना कपुरले आफु प्रेग्नेन्ट भएको सार्वजनिक गरेपछि फिल्मको शुटिंग छिटो सकाउने दबाब बढेकाले फिल्म युनिट टर्की पुगेको बताइएको छ ।

यो फिल्म २०२१ को क्रिसमसमा रिलिज गर्ने घोषणा गरिएको छ । फिल्मलाई आमिर खान र भायकम १८ स्टुडियो मिलेर बनाउन लागेका छन् भने फिल्मको निर्देशन अद्वैत चन्दनले गरेका छन् ।

Loading
TOP