उपत्यकामा ‘कर्फ्यु’ लगाउने तयारी

उपत्यकामा ‘कर्फ्यु’ लगाउने तयारी

२ भदौ, काठमाडौ। । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौ उपत्यकामा चुनौती थपिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने षियमा छलफलको तयारीमा छन् ।

काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘कर्फ्यु’ लगाउने तयारी समेत भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए। अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो। तर उक्त आदेशको पालन कहि कतैबाट नभएपछि कडारुपमै प्रस्तुत हुनेपर्ने अवस्था सिर्जना भएको जनप्रतिनीधिहरु बताउछन् ।

संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

Loading
TOP