आज सुनको मूल्य प्रतितोला एक लाख ४०० पुग्यो

आज सुनको मूल्य प्रतितोला एक लाख ४०० पुग्यो

२ भदौ, काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक लाख ४०० रूपैयाँ पुगेको छ। आज प्रतितोला सुनको मूल्य दुई हजार २०० ले बढेर पुनः एक लाखमाथि पुगेको हो।

हिजो नेपाली बजारमा सुनको भाउ ९८ हजार २०० रूपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको प्रभाव नेपालमा परेको हो।

यस्तै, महासंघले आज तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ९०० रूपैयाँ तोकिएको छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३८० रूपैयाँ पुगेको छ।

खासगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा गर्ने लगानीलाई सुरक्षित मान्ने भएकाले सुनको भाउ महगिँदै आएको छ।

Loading
TOP