पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार ५८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६४.२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १३ हजार ४६१ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख  ४२ हजार ४४७ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ६७६ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ८८७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक एक जना पुरुष र तनहुँकी एक महिलाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

Loading
TOP