अछाममा मृतकको संख्या ६ पुग्यो, १७ बेपत्ता

अछाममा मृतकको संख्या ६ पुग्यो, १७ बेपत्ता

३ भदौ, डोटी । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ भने अझै पनि १७ जना बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर जानु पर्ने भएकाले उद्धारका लागि पहल भईरहेको र खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Loading
TOP