बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ के पाइदैन (सुची सहित)

बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ के पाइदैन (सुची सहित)

३ भदौ, काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन भने सर्वसाधारणको आवतजावत बन्द हुने छ ।

Loading
TOP