चितवनमा ३० जनामा कोरोना पुष्टि

चितवनमा ३० जनामा कोरोना पुष्टि

३ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ २ गते गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले भदौ २ गते कुल ४७० नमुना परिक्षण गरेकोमा ३० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा। नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुरका ५ जना, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकएक जना रहेका छन् ।

चितवनक नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १२ जना छन् भने राप्ती नगरपालिकाका २ जना खैरेनीका ५ जना र रत्ननगरका एक जना रहेका छन् ।

अस्पतालले यो नतिजा भदौ २ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।

Loading
TOP