सिपिएलमा ट्रिनबागो र बार्बाडोसको विजयी

सिपिएलमा ट्रिनबागो र बार्बाडोसको विजयी

३ भदौ, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) शुरु भएको छ । यस सिजनको पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । ट्रिनबागोको जितमा सुनिल नारनले अलराउन्ड प्रदर्शन गरेका थिए । ट्रिनबागोले गुयाना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको हो ।

गुयानाले दिएको १४५ रनको लक्ष्यलाई ट्रिनबागोले ६ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण १७(१७ ओभर खेलाइएको खेलमा ट्रिनबागोका लागि सुनल नारनले २८ बलमा ५० रन बनाएका थिए भने डारेन ब्राभोले ३०, लेंडी सिमोन्स र कोलिन मुन्रोले १७(१७ रन बनाए भने कप्तान केरन पोलार्डले १० रन बनएका थिए ।

गुयानाका बलर इमरान ताहिर र नवीन उल हकले २(२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुयानाले १७ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

गुयानाका लागि शिमरोन हेटमायरले सर्वाधिक ६३ रन बनाए भने रोज टेलरले ३३, निकोलस पुरनले १८ र किमो पाउलले १५ रन बनाए ।

ट्रिनबागोका बलर सुनिल नारनले २ विकेट लिएका थिए । अलराउन्ड प्रदर्शन गरेका नारन खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

त्यस्तै सिपिएलको दोस्रो खेलमा बार्बाडोसले सेन्ट किट एण्ड नेभिस प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको छ ।

आज बिहान भएको खेलमा १५४ रनको लक्ष्य पाएको सेन्ट किट्स २० ओभरमा ५ विकेट गुमाउदै १४७ रन मात्र बनाएपछि खेल बार्बाडोसले ६ रनले जितेको थियो ।

सिपिएल अन्तर्गत आज नेपाली युवा स्पिनर सन्दीप लामिछाने खेल्ने टीम जमैका तल्लाहवाह र सेन्ट लुसिया जोउक्सबीच साँझ ७स् ४५ मा खेल हुदै छ ।

Loading
TOP