गण्डकी प्रदेशमा थप १४ जना कोरोनामा पुष्टि

गण्डकी प्रदेशमा थप १४ जना कोरोनामा पुष्टि

३ भदौ, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा १४ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १२ जना र तनहुँका २ जना रहेका छन् ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७७९ पुगेको छ ।

Loading
TOP