नेकपा सांसद बोगटीलाई कोरोना संक्रमण

नेकपा सांसद बोगटीलाई कोरोना संक्रमण

३ भदौ, काठमाडौं । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

पहिलो रिपोर्ट उनको नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए ।

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए।

Loading
TOP