पछिल्लो २४ घन्टामा ११ हजार ५२२ नमुनाको पिसिआर परिक्षण

पछिल्लो २४ घन्टामा ११ हजार ५२२ नमुनाको पिसिआर परिक्षण

३ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा ११ हजार ५२२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख ५४ हजार ३५४ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १३ हजार ५७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ९८७ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ हजार १३१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आइसीयुमा जम्मा १३१ जना रहेका छन् भने भेन्टिलेटरमा जम्मा ६ जना रहेका छन् भने सबै बागमती प्रदेशमा रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ र बर्दियामा एकएक जना तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीका एक एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

Loading
TOP