अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार १६८ पुग्यो

अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार १६८ पुग्यो

४ भदौ, काठमाडौँ । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २१६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ७६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ७६ हजार २९० पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४३ हजार १९४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार १६८ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ३० लाख ६० हजार ५१३ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २४ लाख ६२ हजार ३६५ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ९६९ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ९३७ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५७ हजार ५८४ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १६ हजार ३० जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९४ हजार २७६ जना संक्रमित भएका छन् ।

त्यस्तै क्यालिफोर्नियामा ११ हजार ६७३ सयको ज्यान गएको छ भने त्यस्तैगरि टेक्सासमा १० हजार ४९५ जनाको ज्यान गएको छ ।

त्यसैगरी फ्लोरिडामा ९ हजार ९३८ र मसाचुसेट्समा ८ हजार ८७६ जनाको ज्यान गएको छ ।

त्यस्तै इलिनियोइसमा ८ हजार १७, पेन्सिलभेनियामा ७ हजार ६१९, मिचिगनमा ६ हजार ६१८, जर्जियामा ४ हजार ८४९, एरिजोनामा ४ हजार ६३४, लुसियानामा ४ हजार ६०९ जना, कोनेक्टीकटमा ४ हजार ४५७, ओहियो ३ हजार ९१०, मेरिल्याण्डमा ३ हजार ६६१, इन्डियानामा ३ हजार १८०, नर्थ कारोलिनामा २ हजार ४६३, भर्जिनियामा २ हजार ४१०, साउथ कारोलिनामा २ हजार ३६० र मिसिसिपीमा २ हजार १६३ जनाको मृत्यु भएको छ ।

Loading
TOP