डेमोक्रेटिक पार्टीद्वारा अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिशको उम्मेदवारी स्वीकृत

डेमोक्रेटिक पार्टीद्वारा अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिशको उम्मेदवारी स्वीकृत

४ भदौ, काठमाडौँ । कमला ह्यारिशलाई डेमोक्रेटिक पार्टीले अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा स्वीकार गरेको छ ।

डेमोक्रेटिक पार्टीको जारी कन्भेन्सनमा ह्यारिशको उम्मेदवारी स्वीकृत भएको हो ।

योसँगै अमेरिकाको इतिहासमा ह्यारिश उपराष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो ब्ल्याक महिला बनेकी छन् ।

कन्भेन्सनलाई सम्बोधन गर्दिया ह्यारिशले ट्रम्पलाई आक्रमण गर्दै चार बर्षको विभाजनकारी कार्यकालको अन्त्य गर्दै आफुहरुले समावेशी सिद्धान्तलाई फेरी स्थापित गर्ने प्रयास गर्ने बताएकी छन् ।

उनले ट्रम्पलाई असफल नेता भन्दै ट्रम्प अमेरिकाको नेतृत्व गर्न असफल भएको बताएकी छन् । ह्यारिशले ट्रम्पले अहिलेको मह्मारीलाई राजनीतिक हतियार बनाएको आरोप लगाएकी छन् ।

ह्यारिशले भनिन्, ुलगातार मच्चिने उथल पुथलले हामीलाई भट्काउने गरेका छन् । अयोग्यताले हामीबीच डर उत्पन्न गराएको छ । हामीले यो भन्दा राम्रो गर्न सक्छौं र यसको हकदार पनि छौ ।ु

उनले अमेरिकी मतदातालाई आग्रह गर्दै केहि राम्रो गर्न सक्ने र महत्वपूर्ण काम गर्न सक्ने राष्ट्रपति चुन्ने समय आएको बताइन ।

उनले नस्लभेदको कुनै भ्याक्सिन नभएको भन्दै यसलाई हामी आफैले टाढा गर्नुपर्ने बताइन ।

Loading
TOP