निषेधाज्ञाले गर्दा बैंकहरु खुल्न सकेन

निषेधाज्ञाले गर्दा बैंकहरु खुल्न सकेन

४ भदौ, काठमाडौं । आजदेखि सिमित जनशक्तिबाट संचालन गर्ने निर्णय गरेका निजी बैंक तथा वित्तिय संस्थाहरुलै अहिले केहीबेर अघिदेखि सेवा बन्द गरेका छन । उपत्यकामा आजदेखि लागु गरिएको निषेधाज्ञासँगै विहानै बैंकका सिइओ र कर्मचारी सेवा प्रभाव गर्न जाँदा बाटोमा प्रहरीले अनावश्यक दुस्ख दिएको र कतिपय बैंकका सिइओलाई त घण्टौं घाममा उभ्याइएको भन्दै विरोधस्वरुप बैंकहरु बन्द गरिएका हुन् ।

सरकारले सेवा प्रभाव गर्न जाने बैंकका कर्मचारीलाई सहयोग गर्नुको सट्टा झन दुस्ख दिएको उनीहरुको गुनासो छ ।

नेपाल बैंकर्स संघको निर्णय बमोजिम उपत्यका भित्रका सबै निजी बैंकहरु बन्द भएका छन । भोलिदेखि के गर्ने भन्ने बारेमा संघको बैठक बसिरहेको जनाइएको छ ।

प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेका सम्बन्धमा स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्रबैंकले गृह मन्त्रालयबाट उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयलाई पुनः निर्देशन गइसकेको बताउदै भोलिदेखि बैंकका कर्मचारीहरूलाई कुनै रोकतोक नहुने बताएको छ ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरु सहितको बैठकमा बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउनजान दिने सहमति भएको थियो ।

Loading
TOP