निषेधाज्ञा उल्लंघन गर्ने चार सय बढी सवारीसाधनलाई कारबाही

निषेधाज्ञा उल्लंघन गर्ने चार सय बढी सवारीसाधनलाई कारबाही

४ भदौ, काठमाडौं । काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने चार सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको जनाएको छ।

परिसरका अनुसार ४३७ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई पहिलो चरणमा सम्झाएर घर फर्काइने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

पटक पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढेपछि प्रशासनले उपत्यकालाई सुरक्षित राख्न निषेधाज्ञा जारी गरेको हो।

Loading
TOP