काभ्रेमा सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक

काभ्रेमा सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक

५ भदौ, बनेपा। कोरोना भाइरसको संक्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड(१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ।

देशव्यापीरुपमा बढ्दै गएको संक्रमण जिल्लामा पनि दैनिकरूपमा बढ्दै गएकाले यातायातको साधन यही १० भदौसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

जिल्लाका मूख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण संक्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिइएको छ।

हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्नुपर्नेछ।

अहिलेसम्म जिल्लामा १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेसनमा राखेर उपचार भइरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन्। ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाले बताए। कोभिड(१९ बाट काभ्रेमा दूई जनाको मृत्यु भएको छ।

क्जबचभ तजष्कस्

Loading
TOP