कपिलवस्तुमा चोरको बिगबिगी

कपिलवस्तुमा चोरको बिगबिगी

५ भदौ, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा यस महामारी र लकडाउनको मौका पारेर चोरीका घटना बढेका छन् ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ७ का युवा व्यवसायी बिष्णु पौडेलको घरमा कोहि नभएको मौका छोपी सेतो रंगको बलेरो गाडीसहित आएका चोरहरुको समुहले चोरी गरेका छन् । पौडेलको घरबाट हातमा लगाउने ब्रासलेट ५ तोला गर गहना मंगल सुत्र ४२ इन्चको टि।भी, गितार र नगद ७० हजार मात्र गरी करिव ७ लाख ५० हजार बरावरको धनमाल चोरी भएको छ ।

सिसिटिभी फुटेजमा सेतो रंगको बलेरो गाडीमा चोरहरु आएको देखिएको इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक टुक बहादुर खत्रीले बताएका छन् ।

श्रीमती विरामी भएर काठमाण्डौ गएको समयमा घरमा कोहि नभएको मौका छोपी चोरी भएको थियो ।

गत महिनामा पनि वाणगंगा नगरपालिका(८ लौगाईस्थित एक घर मा करिब १४ लाख बराबरको चोरी भएको थियो ।

त्यसै गरी गत महिना मै वडा नम्बर ७ मा एक बाख्रामाथि एसिड प्रहार भएको थियो भने वडा नम्बर ८ स्थित गणेश मन्दिरको दानपेटिका पनि २ पटक चोरी भइसकेको छ र सिसिटिभी फोटेज हेरिसकेपछि चोरको पहिचान भएर पक्राउ पनि परेको थियो ।

लकडाउनको समयमा सबै जना घरमै बन्द भएको अवस्था मा चोरीका घटना बढ्नुमा चिनेजानेको मान्छेबाट यी घटना भएको स्थानीयहरु बताउछन् ।

Loading
TOP