काठमाडौँ विश्वविद्यालयद्वारा शुल्क तिर्न ताकेता, विद्यार्थीहरुको विरोध

काठमाडौँ विश्वविद्यालयद्वारा शुल्क तिर्न ताकेता, विद्यार्थीहरुको विरोध

७ भदौ, काठमाडौँ । कोरोना महामारीकै बिच देशको प्रतिष्ठित काठमाडौँ विश्वविद्यालय (केयु) ले विद्यार्थीहरुलाई शुल्क तिर्न ताकेता गरेको पाइएको छ ।

कोरोनाको प्रकोपले सारा शैक्षिक जगत नै संकटबाट गुज्रिरहेको अवस्थामा, आन्तरिक मुल्याङ्कनद्वारा परिक्षाफल प्रकाशन गरी आफ्ना शैक्षिक कृयाकलापहरु अन्लाइन मार्फत सुचारु राखेर एउटा अब्बल र उदाहरणिय भूमिका खेलेको काठमाडौं विश्वविध्यालयले, शिक्षा मन्त्रालयको कुनैपनी बाहानामा विद्यार्थीहरुसंग शुल्क उठाउन नपाउने भन्ने निर्देशन विपरित विद्यार्थीहरुसंग शुल्क उठाउन दवाब दिएको हो ।

विश्वविध्यालयको स्कुल अफ साइन्स र स्कुल अफ ईन्जिनियरिङका डिन द्वय कन्हैय झा र डम्बर नेपालीले हस्ताक्षर गरेर विद्यार्थीहरुलाई १५ दिने म्याद दिदै, यही भाद्र १५ गते भित्र भुक्तानी गर्नुपर्ने भन्दै निर्देशन गरेका छन् ।

उक्त सुचना प्रकाशित हुनासाथ नेपाल विद्यार्थी संघ, काठमाडौं विश्वविध्यालयको अग्रसरतामा विभिन्न ५ विद्यार्थी संगठनले विश्वविध्यालय प्रशासनलाई दवाब दिन चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

संकटको घडीमा विद्यार्थीमा परेको मानसिक तनाब र आर्थिक भार कसरी कम गराउने भन्ने तर्फ ध्यान दिदै एउटा अभिभावकको भूमिका निर्भाह गर्नु पर्ने विश्वविध्यालयको तर्फबाट यस किसिमको त्रुटीपूर्ण र दवाबमुलक सुचना आउनु एकदमै निन्दनिय रहेको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविध्यलयका अध्यक्ष, उज्वल प्रधानले आन्दोलन विद्यार्थीको जित पछी मात्रै अन्त्य हुने भन्दै, कुनै पनि किसिमको दवाब नलिन सम्पूर्ण विद्यार्थीहरु समक्ष आव्हान गरेका छन् । उनले विद्यार्थीहरुको लामो समय देखीको घरभाडा मिनाह गर्ने तिर पनि विश्वविध्यालयले ध्यान पुर्याइ, घरबेटीहरुसँग विश्वविध्यालय स्तरबाटनै समन्वय सुरु गर्नु पर्ने तर्क राखे ।


Loading
TOP