थप एक संक्रमित महिलाको मृत्यु

थप एक संक्रमित महिलाको मृत्यु

७ भदौ, वीरगन्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।

गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

Loading
TOP