भरतपुर अस्पतालको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि

७ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ७ गते गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालले भदौ ७ गते कुल १०२ नमुना परिक्षण गरेकोमा ९ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा। नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका ७ जना रहेका छन् भने सर्लाही र तनहुँका एक एक जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका रहेका छन् ।

अस्पतालले यो नतिजा भदौ ७ गते विहान ९ बजेसम्मको भएको जानकारी दिएको छ ।

Loading
TOP