आइतबार गण्डकी प्रदेशमा आइतबार ११ संक्रमित थपिए

आइतबार गण्डकी प्रदेशमा आइतबार ११ संक्रमित थपिए

७ भदौ, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका २ जना, नवलपरासी पूर्वका ६ जना र गोरखाका एक जना रहेका छन् ।

यसअघि आइतबार बिहान कास्कीको पोखरा महानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको थियो ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ ।

Loading
TOP