उपत्यकामा आज १६६ संक्रमित थपिए

उपत्यकामा आज १६६ संक्रमित थपिए

७ भदौ, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा आज १६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २२० महिला र ५९८ पुरुषसहित ८१८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

Loading
TOP