नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतक संख्या १४९ पुग्यो

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतक संख्या १४९ पुग्यो

७ भदौ, काठमाडौं । नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ३ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

झापाको एक जना पर्साको एक जना र सर्लाहीको एक जनाको निधन भएको कोरोना बारेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

Loading
TOP