सभापतिको नेतृत्व आफूले मात्र सम्हाल्न सक्ने काँग्रेस नेता प्रकाशमान सिंहको दाबी

सभापतिको नेतृत्व आफूले मात्र सम्हाल्न सक्ने काँग्रेस नेता प्रकाशमान सिंहको दाबी

८ भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब आफूले मात्र काँग्रेस सभापतिको नेतृत्व सम्हाल्न सक्ने दाबी गरेका छन् । पूर्ब महामन्त्री सिंहले अबका दिनमा शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेस चल्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा काँग्रेसले नयाँ गति दिनसक्ने ठोकुवा गरेका छन् ।

त्यागी काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्रसमेत रहेका नेता सिंहले ‘अब पार्टीलाई नयाँ र प्रभावशाली नेतृत्व दिन मेरो नेतृत्वमा टिम मिलाएर जानेमा सबैमा सहमति हुनसक्छ ’ भनेका छन् । पछिल्लो समय सभापतिको उम्मेद्वार बन्ने शसक्त रुपमा आवाज उठाईरहेका नेता सिंह सभापति देउवाको बिरुद्धमा खरो रुपमा प्रश्तुत भईरहेका छन्। काठमाडौं क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्बाचित सांसद उनी सधैंभरी उक्त क्षेत्रमा जनताले मनपराएका नेता हुन् । आफू पार्टी हाँक्न तयार रहेको भन्दै आवश्यक परे देश हाँक्न प्रधानमन्त्री बन्नसमेत पछि नहट्ने संकेत गरेका छन् ।

काठमाडौं उपत्यकाका नेता कार्यकर्ताले कुनै कार्यक्रममा बोलाउनेबित्तिकै दौडिहाल्ने नेता सिंहले पार्टीलाई देशभरका कार्यकर्ताको मूल्याँकन गर्ने थलोको रुपमा विकास गर्ने आफूसँग क्षमता रहेको दाबी गर्छन् । उनले आफू सभापति भएमा ईमान्दार र क्षमतावान नेता कार्यकर्ताको मूल्याँकन गर्न कुनै कदम पनि पछि नहट्ने बताउछन् । नेता सिंहले काँग्रेस सभापतिमा आफ्नो पक्षमा माहौल बन्ने र सबैले आफूलाई समर्थन गर्ने दाबी गरेका छन् ।

Loading
TOP