विश्वका १० देश, जँहा पुगेको छैन कोरोना !

विश्वका १० देश, जँहा पुगेको छैन कोरोना !

८ भदौ, काठमाडौँ । विश्वमा कोरोना महामारीले अस्तव्यस्त बनाएको बेला केहि देशमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अहिलेसम्म विश्वका १० देशमा कोरोना संक्रमण देखिएको छैन । तर यी देशको पर्यटन उद्योगमा भने कोरोना संक्रमण नदेखिएपनि ठुलो असर गरेको छ ।

अहिलेसम्म कोरोना नदेखिएका १० देशमा पलाउ, माइक्रोनेसिया, मार्शलद्वीप समुह, नाउरु, किरिबाती, सलोमन द्वीप समुह। तुवालु, समोआ वानुअतु र टोंगा रहेका छन् ।

यी देशमध्ये पलाउ पर्यटनको लागि निकै चर्चित समेत रहेको छ । २०१९ मा पलाउमा ९० हजार भन्दा बढी पर्यटक पुगेका थिए । सन १९८२ मा पलाउमा बनेको द पलाउ होटल निकै चर्चित रहेको छ । त्यसअघि पलाउमा कुनै होटल नभएकाले पनि यसको निकै चर्चा भएको थियो । २०१७ को आइएमएफको रिपोर्टका अनुसार पलाउको ४० प्रतिशत आम्दानी पर्यटनबाट हुने गर्दछ ।

त्यस्तै मार्शल द्विप समुहमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएपनि पर्यटनमा असर गर्दै करिब ७ सयको जागिर गएको बताइएको छ । बिबिसीका अनुसार यसको करिब ४० प्रतिशत पर्यटन क्षेत्रका मानिसको जागिर गएको छ ।

मार्शल द्विप माछाको लागि प्रख्यात रहेकाले अहिले माछा व्यवसाय बन्द हुँदा धेरैको रोजगारी गएको बताइएको छ ।

यी देशहरुले अहिले प्रवेश गर्नु अघि अनिवार्य क्वारेन्टाइन लगायतका कडा नियम लागु गरेकाले पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

Loading
TOP