विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

८ भदौ, विराटनगर । मोरङको विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर महानगरपालिका वडा नम्वर ८ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बिहीबार स्वाब संकलन गरेका मृतक ती पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले बताइन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ । विराटनगर वडा नम्बर ९ र १० मा २र२ जनाको मृत्यु भएको छ । वडा नम्बर १० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो ।

त्यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एकरएक जनाको मृत्यु भएको छ ।

Loading
TOP