विषालु च्याउ खाँदा डोल्पामा ४ जना बिरामी

विषालु च्याउ खाँदा डोल्पामा ४ जना बिरामी

८ भदौ, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए ।

बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।
यसअघि साउन पहिलो साता जाजरकोटमा विषालु च्याउ खाएर ५ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरबाट सुर्खेत ल्याइएका तीन जना उपचारपछि निको भएका छन् ।

Loading
TOP