भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

८ भदौ, भक्तपुर । बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

उनका अनुसार शव व्यवस्थापन भइसकेको छ । मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए।

Loading
TOP