संचारकर्मी कुलचन्द्र न्यौपानेद्वारा जन्म दिनको अवसरमा वृक्षरोपण
८ भदौ, काठमाडौं । विगत २५ बर्षदेखि संचार क्षेत्रमा सक्रिय हाल कान्तिपुरमा कार्यरत सकारात्मक र रचनात्मक सोचका धनि असल र कुशल संचारकर्मी कुलचन्द्र न्यौपानेले आफ्नो जन्मदिनमा आफ्नै निवास काठमाडौंको बालकोटमा वृक्षरोपण गर्नुभएको छ ।
तनहुँबाट पत्रकार पेशाको सुरुवात गर्नुभएको न्यौपानेले पोखरामा क्षेत्रीय व्युरो प्रमुख भएर करिब ७ बर्ष काम गर्नु भएका थिए । काठमाडौं आएपछि उहाँले राजनीतिक व्युरोमा रहेर राजनीतिक, प्रशासन, संसदमा रिपोर्टिङ गर्दै आउनु भएको छ ।
पत्रकार महासंघका केन्द्रिय पार्षद समेत रहनुभएका न्यौपाने हाम्रो यात्रा टिभिलाई भन्नु भयो, “वृक्षरोपण आफैमा राम्रो काम भएको त्यसमाथि पनि आफु जन्मेको दिनमा वृक्षरोपण गर्नु झनै राम्रो कुरा हो ।”
साथैं प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, पवित्र विचार, असल कर्म र संस्कारलाई प्रोत्साहन गर्न जन्मदिनमा वृक्षरोपण गर्ने अभियान लमजुङबाट सुरुवात गरिएको र यस अभियान अत्यन्तै उत्कृष्ट र समयसापेक्ष रहेको न्यौपानेको भनाइ छ ।
नकारात्मक कामलाई निरुत्साहित र सकारात्मक ,रचनात्मक कामलाई प्रोत्साहन गर्नु संचारमाध्यामको धर्म हो । मानिसका खराब क्रियाकलापले प्रकृतिको दोहन र वातावरण प्रदुषण बढिरहेको र यसले मानव सभ्यता माथि नै खतरा उत्पन्न गराउन सक्ने भएकोले अभियानले प्रकृतिको सुरक्षामा सकारात्मक भुमिका खेल्ने उहाँको भनाइ छ ।
अभियान राष्ट्रिय रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा समेत प्रभाव पार्ने र नेपाली मौलिक पहिचानको रुपमा स्थापित हुनसक्ने उहाँले बताउनुभयो ।
