पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

९ भदौ, काठमाडौं। ललितपुरस्थित् पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी त्यहाँ उपचाररत काठमाडौंका १ र धनुषाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको हो। मृत्यु भएकामा काठमाडौंका ७४ वर्षीय पुरूष र धनुषाका ७६ वर्षीय पुरूष रहेको पाटन अस्पताललाई उधृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

काठमाडौंका पुरूष भदौ ६ गतेदेखि र धनुषाका पुरूष साउन २५ गतेदेखि त्यहाँ उपचाररत थिए।

Loading
TOP