साउदी अरेबियाले खोल्यो सीमा नाका

साउदी अरेबियाले खोल्यो सीमा नाका

९ भदौ, काठमाडौँ । सऊदी अरबले सोमवार आफ्नो नागरिक र गैर(सऊदी नागरिकको लागि जमिनसंग जोडिएका सिमाना खोल्ने निर्णय गरेको छ । साउदी सरकारले मानिसहरु साउदी आउन सक्ने बताएको छ ।

जेनेरल डायरेक्टोरेट अफ पासपोर्टले गैर(सऊदी नागरिकको आगमनलाई अनिमति दिने गरेको छ ।

साउदी संग सडकमार्गको माध्यमबाट जोडिएका छिमेकी राष्ट्रहरु साउदी जान खुला गरिएको हो ।

प्रशासनले गैर सऊदी नागरिकलाई सिमानामा कोरोना संक्रमणको नेगेटिभ भएको प्रतिवेदन देखाउनुपर्ने हुन्छ ।

उक्त प्रतिवेदन ४८ घण्टा भित्र जारी गरिएको हुनुपर्नेछ ।

सऊदी कस्टमले कोरोना भाइरस संक्रमण रोक्नको लागि प्रतिबन्ध लगाएको थियो तर अहिले त्यसमा पनि छुट दिएको छ ।

गल्फ कोअपरेशन काउन्सिल राष्ट्रहरुबाट ट्रक आउन शुरु भएको छ ।

जनरल डायरेक्टोरेट अफ पासपोर्टको तर्फबाट जारी गरिएको बयानमा गैर(साउदी नागरिकलाई साउदी जानु पुर्व महत्वपूर्ण कागजपत्र देखाउनुपर्ने हुन्छ ।

आफ्नो परिवारसंग साउदी जाने मानिसले पहिला अनलाइन अनुमति लिन आवेदन दिनुपर्ने हुन्छ ।

उक्त आवेदन किंगडम अशर एपबाट दिनुपर्ने हुन्छ ।

सऊदीले खाजी, अल-राकी, अल-बाथा र किंग फहद ब्रिज खुला गरेको छ र यसको माध्यमबाट छिमेकी राष्ट्रबाट मानिस साउदी जान सक्छन् ।

Loading
TOP