संचारकर्मी बिमला भण्डारीद्वारा जन्मदिनमा वृक्षरोपण

संचारकर्मी बिमला भण्डारीद्वारा जन्मदिनमा वृक्षरोपण

१६ भदौ, गण्डकी । नेपाल पत्रकार महासंघ न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य, पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष र संचारीका समुहकी केन्द्रीय सदस्य अत्यन्तै सकारात्मक र अग्रगामी सोच विचारकि धनी ,मिलनशार ,सरल ,अनुसासित र सामाजिक व्यक्तित्व बिमला भण्डारीले आज आफ्नो जन्मदिनमा वृक्षरोपण गरेर मनाउनु भएको छ ।

२०७५ मंसिर २९ गते लमजुङबाट सुरुवात भएको जन्मदिनमा वृक्षरोपण गर्ने अभियान अहिले देशैभर चलिरहेको छ । नेपाली मौलिक संस्कार स्थापित गरि नेपाल प्रकृति प्रेमि ,वातावरण स्वच्छता कायम राख्ने र असल सभ्य नागरिक भएको देशको रुपमा अन्तर्राष्ट्रिय जगतमा परिचय दिने उद्देश्यका राखेर सुरुवात गरिएको अभियान अत्यन्तै सकारात्मक र रचनात्मक कार्य रहेको भण्डारीले बताउनु भयो ।

मानिसलाई सकारात्मक बाटोमा हिड्न प्रेरणा दिने अभियानमा पवित्र विचार, असल कर्म र असल संस्कार आजको समयमा अत्यन्तै महत्त्वपूर्ण कुरा हो यसको अनुसरण गर्न सके मुलुकमा शान्ति कायम हुने उहाँको तर्क थियोे ।

समाजमा राम्रो सन्देश प्रवाह गर्ने अभियानले जन्मदिन मनाउदा हुने भड्किलो खर्च समेत रोकेको यसले मुलुक लागि फलफूल जडिबुटी र बनजन्य बस्तुमा आत्मनिर्भर समेत बनाउने हुनाले सबै दृष्टिकोणबाट अभियान उपयोगी रहेको तर्क प्रस्तुत गर्नुभयो ।

पत्रकार बिमला भण्डारीको छोटो परिचय यस प्रकार छन् :
बिमला भण्डारी , गण्डकी प्रदेश पोखरा
नेपाली कांग्रेसकी महिला नेता एवं सामाजिक अभियन्ता र पत्रकार
राजनैतिक यात्रा : १९ बर्षदेखि
महिला अधिकारको क्षेत्रमा वकालतको यात्रा : १९ बर्षदेखि
संचार क्षेत्रको संलग्नता : १९ बर्षदेखि
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष, संचारिका समूह नेपालका केन्द्रिय सदस्य, नेपाल प्रेस यूनियन लगायत महिला सम्बन्धी विभिन्न संघसंस्थामा नेतृत्व ।

TOP