पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

२५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । फेसबुकमा एक पोस्टमार्फत् मन्त्री भट्टराईले आफू पोजिटिभ भएको जनाएका हुन् । उनलाई हल्का ज्वरोबाहेक कुनै लक्षण नदेखिएको पोस्टमा उल्लेख गरिएको छ।

“हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो,” उनले पोस्टमा भनेका छन्, “आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।” उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र समस्या देखिए कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन्। “मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्।

यसअघि गत सोमबार उनको कोरोनाको परीक्षण नेगेटिभ आएको थियो। त्यसपछि काठमाडौँबाहिर एक कार्यक्रममा सहभागी भएको उनले जनाएका छन्।

TOP