नेताको पुजा हैन जनताको पुजा गर्ने नेता छान्न आग्रह : राजिव बिक्रम शाह

नेताको पुजा हैन जनताको पुजा गर्ने नेता छान्न आग्रह : राजिव बिक्रम शाह

२६ असोज, सल्यान । १४ औं महाधिवेशनमा नजिकै गर्दा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नेता राजिव बिक्रम शाहले पार्टी भित्र गुडबन्दीमा लाग्नु भन्दा राम्रो र असल नेता छान्न सबैलाई आग्रह गरेका छन् । उनले भने मलाई देउवाको गुडको भन्छन् त्यसो होइन आफू नेतृत्व गर्ने सक्ने नेताको पछाडि लागेको र अब सबैले आआफ्नो ठाउबाट राम्रो नेतृत्व छानेर पठाउन कार्यकर्तालाई अनुरोध गरेका छन्।

साथै नेता शाहले नेताको भन्दा जनताको पुजा गर्नु पर्ने बताएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा कार्यकर्ता भेटघाटमा बोल्दै नेता शाहले काँग्रेस भित्रको गुटउपगुटलाई अन्त्य गरी अघि बढनु पर्ने बताए ।

नेताको गुनगान गाउने भन्दा जनताको आवाज उठाउने नेतृत्वका पछि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने अहिले सम्म जाजरकोट जिल्लाको जनताको विकासमा लागि परे अब समग्र रूपमा कर्णाली प्रदेशका दश वटै जिल्लाको जनताको लागि विकास गर्छु । उनले महामारीको समय नेताले जनताको घर दैलोमा पुगेर जनताको समस्यामा साथ दिनुपर्छ भन्ने भनाइ समेत राखेका थिए ।

बिगतमा जनताको माझ नजाँदा बिगतको चुनावमा हार व्यहोर्नुपरेको बताउदै अब संघ संगठन बलियो बनाउन लाग्नु पर्ने बताएका छन । अन्य राप्रपा लगाएत सानो पार्टीमा गएर कुनै भविस्य नभएको भन्दै उनले अब नेपाली काङ्ग्रेस लाग्नु पर्ने उनले बताएका छन् ।

TOP