दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत वितरण

दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत वितरण

२८ असोज, काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेका १५० परिवारलाई एस्फोडेल पब्लिक स्कुलले राहत वितरण गरेको छ ।

दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई २९ नम्बर वडा कार्यालयसँग समन्वय गरेर राहत वितरण गरिएको विधालयका प्रिन्सिपल वीरेन्द्र श्रेष्ठले बताए । राहत वितरण कार्यक्रममा काठमाडौँ महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकालको समेत उपस्थिति रहेको थियो ।

प्रिन्सिपल श्रेष्ठले भोलि पूरानो बसपार्कमा निःशुल्क भोजन गराईरहेको समूहसँग मिलेर विपन्न परिवारहरूलाई एक दिन खाना खुवाउने कार्यक्रम रहेको पनि जानकारी दिए । उक्त राहत सामग्री अमेरिकाको रोटरीयन्स एण्ड फ्रेन्डस्को सहयोगमा वितरण गरिएको हो ।

TOP