रोनाल्डो बिना पोर्चुगलको स्विडेनमाथि सहज जित

रोनाल्डो बिना पोर्चुगलको स्विडेनमाथि सहज जित

२९ असोज, काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै सहज जित हासिल गरेको हो ।

पोर्चुगलको जितमा डिओगो जोटाले २ गोल गरेका थिए भने बेर्नानडो सिल्भाले एक गोल गरेका थिए ।

रोनाल्डो भने कोरोना पोजेटिभ देखिएपछि अहिले सेल्फ आइसोलेसनमा रहेका छन् ।

यो जितपछि समुह ३ मा पोर्चुगल ४ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै यसै समुहको गएराती सम्पन्न खेलमा फ्रान्सले क्रोसियालाई २(१ गोल अन्तरले पराजित गरेको छ । फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए भने क्रोसियाका लागि एक गोल निकोला भ्लासिकले गरेका थिए ।

यस समुहमा क्रोसियाले अहिलेसम्म ४ खेलमा एक खेल जितेर केवल ३ अंक सहित तेस्रो स्थानमा छ भने स्विडेन अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

TOP