राजस्थानलाई हराउदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा उक्लियो

राजस्थानलाई हराउदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा उक्लियो

२९ असोज,  काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ

दिल्लीले दिएको १६२ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाएपछि खेल १३ रनले गुमाएको हो ।

राजस्थानका लागि बेन स्टोकले ४१ रन बनाएका थिए भने रोबिन उथप्पाले ३२ रन बनाएका थिए । त्यस्तै सन्जु सामसनले २५ रन, जोस बटलरले २२ रन र राहुल तेबाटियाले १४ रन बनाएका थिए ।

दिल्लीका बलर एनरीच नोर्त्जे र तुषार देशपाण्डेले २-२ विकेट लिए भने कागीसो रबाडा, आर आश्विन र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस अय्यरले अर्धशतक बनाएका छन । धवनले ३३ बलमा ५७ रन बनाएर आउट भए भने कप्तान अय्यरले ४३ बलमा ५३ रन बनाए ।

ओपनर पृथ्वी शालाई पहिलो बलमा नै गुमाएको दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन बनाए भने एलेक्स केरीले १४ र अक्सर पटेलले ७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २ रन बनाए ।

राजस्थानका बलर जोफ्रा आर्चरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । आर्चरले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै जयदेव उनादकटले २ विकेट लिए भने कार्तिक त्यागी र श्रेयस गोपालले एक एक विकेट लिएका थिए ।

यो जितसँगै दिल्लीले ८ खेलमा ६ जितसहित १२ अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ ।

त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ५ खेलमा हार बेहोरेको छ भने ३ खेल जितेको छ ।

आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदै छ ।

TOP