लोकपाल बनाएर सम्पत्ति छानबिन गरौँ !

लोकपाल बनाएर सम्पत्ति छानबिन गरौँ !

२९ असोज, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । डा. भट्टराईले गत विहिबार गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब अनियमितता गरेको आरोप लगाएपछि नेकपाले आज व्यक्तव्य निकालेर दिएको चुनौतीको जवाफ दिदै आफ्नो प्रतिक्रिया दिएका छन् ।

डा। भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गरेर सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न प्रस्ताव गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन् । साथै डा। भट्टराईले जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन् ।

उनले भनेका छन्

बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ

डा। भट्टराईको अभिव्यक्तिको बारेमा नेकपा र काँग्रेसले विज्ञप्ति जारी गर्दै प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

TOP