क्यामेरा लुकाएर खिचिएको बाघको तस्वीरले जित्यो सर्वोत्कृष्ट वाइल्ड लाइफ फोटो अवार्ड

क्यामेरा लुकाएर खिचिएको बाघको तस्वीरले जित्यो सर्वोत्कृष्ट वाइल्ड लाइफ फोटो अवार्ड

२९ असोज, काठमाडौँ । पृथ्वीमा एक दुर्लभ जीवको फोटो लिनको लागि एउटा फोटोग्राफर निकै कुशल र उल्लेखनीयरुपमा भाग्यशाली हुनुपर्छ । तर सेर्गेई गोर्स्कोभले आफ्नो दुबै पक्ष स्पष्ट प्रदर्शन गरेका छन् । उनले रुसको सुदुरपूर्वको जंगलमा साइबेरियाई वा अमूरको बाघको आश्चर्यजनक तस्बिर लिन सफल भएका छन् ।

उनको उक्त तस्वीरले वर्षको सर्वौत्क्रिष्ट वाइल्ड लाइफ फोटोग्राफरको उपाधि प्राप्त गरेका छन् । लियोपार्ड नेसनल पार्कस्थित एक बाघले रुखलाई प्रेमपूर्वक अँगालो हालेको, त्यसमा आफ्नो शरीरको बास्ना छोड्नको लागि घस्दै गरेको र आफ्नो सिमाना बनाउदै गरेको उक्त

तस्वीर निकै मनमोहक छ । डब्लुपीवाइ का निर्णायक मण्डलका रोज किड म्यान-कक्स भन्छिन्, तस्वीरको लाइटिंग, टेक्स्चर, सबै मिलेको छ र यो एक ओयल पेन्टिंग जस्तै छ ।

उनको अनुसार, तस्वीरमा बाघ जंगलको एउटा भाग जस्तै देखिएको छ र त्यसको पुच्छर रुखको जरा जस्तै देखिएको छ, लाग्छ कि रुख र बाघ एउटै हुन् ।

सबैभन्दा आश्चर्यजनक तथ्य भनेको क्यामेरामा उक्त तस्वीर आफै कैद भएको हो । जंगलमा क्यामेराको इकुप्मेन्ट जडान गरिएको थियो र त्यसलाई त्यहि राखिएको थियो र जब बाघ आउछ तब क्यामेराले आफै तस्वीर खिच्ने बनाएर राखिएको थियो । कुशल तथा अनुभव भएका सेर्गेईलाई बाघको तस्वीर कुन समयमा क्लिक गर्नु पर्छ भन्ने राम्रो ज्ञान थियो ।

पूर्वी रुसका बाधहरु प्राय सिकार हुने गर्दछन् र लोप हुने स्थितिमा पुगिसकेका छन् । अहिले केही बाघ मात्र बाँकी छन् र उनीहरुको खाना मृग पनि लोपोन्मुख प्रजातिमा पुगिसकेको छ । उक्त क्षेत्रमा जंगली भालु पनि लोप भइसकेको छ ।

यी बाघहरुलाई आफ्नो खाना खोज्न टाढा सम्म सिकार गर्न जानुपर्ने हुन्छ । जसको कारण बाघको तस्वीर लिन निकै कठिन बन्दै गएको छ तर सेर्गेईले एक उत्कृष्ट तस्वीर लिन् सफल भएका छन् ।

क्यामेरामा भएको तस्वीर लिनको लागि उनलाई दश महिना लागेको थियो । उक्त क्यामेरा दश महिना सम्म जंगलमा छोडिएको थियो ।

सर्वोत्कृष्ट वन्यजन्तु फोटोग्राफर बन्न को लागि सबै भन्दा ठुलो कुरा भएको धैर्य हुनुपर्छ ।

सेर्गेईलाई उक्त भव्य पुरस्कार लन्डनको नेचुरल हिस्ट्री संग्रहालयद्वारा आयोजित अनलाइन कार्यक्रमको क्रममा रोयल हाईनेस द डचेस अफ क्याम्ब्रिज र टिभीका प्रस्तुतकर्ता क्रिस पैचम र मेगन म्याकबबिनले घोषणा गरेका थिए ।

TOP