बहराइनका राजकुमारसहितको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमारसहितको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण

२९ असोज,  काठमाडौँ । बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।

राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक प्रालिले विहिबार बिहान सफल आरोहण गरेको बताएको छ ।

संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल मनास्लु ८ हजार १५६ मिटर अग्लो छ ।

बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।

TOP