आज सुनको मुल्य स्थिर

आज सुनको मुल्य स्थिर

२९ असोज,  काठमाडौँ । विहिबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार पनि सुन तोलाको ९४ हजार ५ सय मै कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

TOP