आईपीएलमा पन्जाबद्वारा बैंगलोर पराजित

आईपीएलमा पन्जाबद्वारा बैंगलोर पराजित

३० असोज, काठमाडौं । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी९ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए । यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । उनलाई आठौं ओभरमा युजवेन्द्र चहलले आउट गरे ।

त्यसपछि ब्याटिङमा आएका क्रिस गेलले ५३ रन योगदान गरे । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे । केएल राहुल र गेलले ९३ रन साझेदारी गरे । गेल रनआउट भए । पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए ।

बैंग्लोरका मोहम्मद सिराज महँगा बलर बने । उनले ३ ओभरमा ४४ रन खर्चिए तर एउटा पनि विकेट झार्न सकेनन् । यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए ।

आरोन फिन्च २० रनमा आउट भए । क्रिस मोरिसले ८ बलमा नटआउट २५ रन बनाए । बलिङतर्फ मोहम्मद सामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

TOP