थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त

थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त

३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ८८ हजार ४० संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ३ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

TOP