नेकपाका नेता रत्न बहादुर नेपाली लगाएत करिब ३ दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

नेकपाका नेता रत्न बहादुर नेपाली लगाएत करिब ३ दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

२ कात्तिकजाजरकोट । नेपाली कांग्रेस भेरी नगरपालिका वडा नं ९ र १० वडा कार्य समिति जाजरकोटको आयोजनामा कालाभुरमा आयोजित कार्यक्रममा नेकपा पार्टी परित्याग गरि नेकपाका नेता श्री रत्न बहादुर नेपाली लगाएत करिब ३ दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पूर्व माननीय सभासद एव्म असल समाज सेवि आम कर्णाली बासिका लोकप्रिय कांग्रेस नेता राजिब विक्रम शाहले पार्टी प्रवेश गरेकाहरुलाई बधाई दिदै अब नेपाली जनताको आशाको केन्द्र कांग्रेस मात्र रहेको बताउनु भयो ।

यसै गरि पछिल्लो दुई सातामा कर्णाली प्रदेश जाजरकोटका नेकपा एबम राप्रपाका जन प्रतिनिधि गरि २०० भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।

TOP