पत्रकार रोजि पराजुलीको स्ट्याटस माथि पर्यटन बोर्डका पुर्व सदस्य सचिव सुभाष निरौलाको आक्रोश

पत्रकार रोजि पराजुलीको स्ट्याटस माथि पर्यटन बोर्डका पुर्व सदस्य सचिव सुभाष निरौलाको आक्रोश

४ कात्तिक, काठमाडौं । पत्रकार रोजि पराजुलीको फेसबुक स्ट्याटसमा कमेन्ट गर्दै पर्यटन बोर्डका पुर्व सदस्य सचिब सुभाष निरौलाले २०६२ साल देखि यता आज सम्म यो देशको राजनिति प्रतिपक्ष विहीन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पत्रकार पराजुलीले आफ्नो स्ट्याटसमा सरकारले जनताको स्वास्थ्य माथि खेलवाड गरेको र प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई यो विषय गम्भिरताका साथ लिन र सरकारलाई खबरदारी गर्न आग्रह गरेका छन् ।

सोही स्ट्याटसमा कमेन्ट गरेका निरौलाले काँग्रेसका टाठाबाठाहरूको गुट उपगुटले समेत सत्ता साझेदारी गरेर प्रशस्त लाभ उठाइरहेको आरोप लागएका छन् ।

कमेन्टमा निरौलाले भनेका छन्, ‘काँग्रेस कहिले देखि प्रतिपक्षी भयो र रु अहिले त काँग्रेस गणितीय र प्राविधिक कारणले मात्र प्रतिपक्ष हो !! २०६२ साल देखि यता आज सम्म यो देश को राजनिति प्रतिपक्ष विहीन छ !! आजका सत्तासीन हरू संग काँग्रेसका टाठाबाठा हरूको गुट उपगुट ले सत्ता साझेदारी गरेर प्रशस्त लाभ मात्र गरेका छैनन्, बामपन्थी हरूले भाग लगाइदिएको पद हरू पाउने मोह जालमा परेर ईतिहास का थुप्रै गलत निर्णय हरूमा साक्षी बसेको र लगानी असूल गरिसकेको छ !!

बिगत २ दशकको काँग्रेस को राजनैतिक यात्रा को यो क्रम अध्ययन गर्दा शायदै कसैले सहजता महसूस गर्ला !!
हिजो हामीले पनि नेपाली काँग्रेस को सिद्धान्त लाई उच्च राख्न र प्रजातन्त्रको लामो र अत्यासलाग्दो लडाई मा आफ्ना सुनौला दिनहरू अर्पण गरेको मा कहिले पछुतो भएन !! तर आज काँग्रेस को गति र मति हेर्दा सेना र प्रहरीमा आफ्ना गुटका हाकिम को अगाडी केहि आश र केहि त्रास लिएर उभिएका शक्ति का बफादार सिपाही हरु को जस्तो निरीहता मा रमाएको देख्दा कता को प्रतिपक्ष रु कताको प्रतिपक्षी को धर्म ??सबै स्खलित भएको देखिन्छ !! अहिले सम्म को अवस्था हेर्दा पार्टी प्रवक्ता को प्रेश बिग्यप्ती र अन्तरबार्तामा मात्र नेपाली काँग्रेसले आफ्नो विपक्षीको धर्म निर्वाह गरेको देखिन्छ !!

महाभारतको महासंग्राम मा कौरव र पाण्डवको अन्त्य को कारण आफुहरु बिच कै लडाई थियो !! विश्व र नेपाल कै राजनिति मा पनि अराजनैतिक ब्यक्तिहरूको हालिमुहाली र दिशाहीनता मौलाए पछि जसरी राजनैतिक दल र तिनका नेताहरु को अवसान भएको छ, आज नेपाली काँग्रेस त्यही बाटो मा छिटो छिटो अगाडि बढेको देखिन्छ ११ यो गति समयमै रोकिएन वा दिशा परिवर्तन भएन भने भोली को दिन कस्तो होला ? कल्पना सम्म गर्दा पनि कहाली लाग्छ 🤔☹️ !!जय नेपाल 🙏 !!’

प्रतिपक्षीको काम सरकारले जनताको स्वास्थ्य माथी गरेको खेलवाडलाई साच्चिकै माक्स लगाएर zoom meeting मा बसेर नै टुलुटुलु हेर्ने काम मात्रै हो? होइन भने कांग्रेसले तत्काल यो बिषयमा उचित निर्णय र कदम चालोस ✍️

Posted by Rozy Dhakal Parajuli on Sunday, October 18, 2020

 

 

 

TOP