
२३ पुस, काठमाडौँ । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको एकाउन्टमा पोस्ट गर्न २४ घण्टाका लागि प्रतिबन्ध लगाएको छ ।
यस अघि ट्वीटरले पनि १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि लक गरेको थियो ।
फेसबुक, ट्वीटर र युट्युबले राष्ट्रपति ट्रम्पका पोष्ट हटाउदै उनलाई नयाँ पोष्ट गर्न प्रतिबन्ध गरेका हुन् । साथै ट्वीटरले ट्रम्पले ट्वीटरको नियम भविष्यमा उलंघन गरेमा उनको एकाउन्ट सधैका लागि बन्द गरिदिने चेतावनी दिएको छ ।
ट्रम्पले प्रदर्शनकारीलाई प्रदर्शन नगर्न आव्हान गरेको भिडियो जारी गरेपनि उनले भिडियोमा आफूबाट निर्वाचन चोरिएको आरोप लगाउदै प्रदर्शनकारीलाई आफुले माया गर्ने बताएका थिए । सो भिडियो फेसबुक, इन्स्टाग्राम, युट्युबले उनीहरुको नियम विपरित भएको भन्दै हटाईदिएका थिए ।
अमेरिकी संसद भवन रहेको क्यापिटल हिल भित्र प्रदर्शनकारी पसेपछि अवस्था तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी संसद भवन भित्र पसेर निर्वाचन परिणाम सदर गर्न बसेको संसदको संयुक्त बैठकलाई अवरोध गरेका थिए । प्रदर्शनकै क्रममा सुरक्षाकर्मिको गोलि लागेर एक महिलाको मृत्यु भएको बताइएको छ ।
30th Apr 2020 , 12:40 pm
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am