
२४ पुस, काठमाडौँ । नेपालको पासपोर्ट, सन् २०२१ मा विश्वको सबैभन्दा खराब पासपोर्टको सुचीमा १०४ औं स्थानमा परेको छ । केवल ३८ देशमा यात्रा अनुमति भएको नेपाल र लिबिया, विश्वको सबै भन्दा कमजोर पासपोर्टको सुचीमा १०४औं स्थानमा रहेका छन् ।
कोरोना महामारीको कारण अहिले विमानस्थलमा गएर आफ्नो इच्छा भएको र जानुपर्ने राष्ट्रमा जाने, एयरपोर्टमा वरपर हिड्ने, पासपोर्ट देखाउने र विमानमा यात्रा गर्ने सम्झना मात्र भएको छ । यसलाई ठिक हुन करिब एक दशक नै लाग्ने जस्तो देखिन्छ ।
विश्वका कतिपय राष्ट्रहरु अहिले पुन लकडाउनमा गएका छन् भने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । हेन्ली पासपोर्ट इन्डेक्सको अनुसार, विश्वमा सबै भन्दा धेरै यात्रा गर्न सजिलो र उत्कृष्ट पासपोर्ट जापानको रहेको छ ।
एशियाली मुलुकका नागरिकहरु संग यात्राको निकै शक्तिशाली कागजपत्र हुने गर्दछ । जापानलाई विश्वका कतिपय राष्ट्रहरुले निशुल्क भिसा र विश्वको १९१ गन्तब्यमा अनुगमनमा भिसा प्रदान गरेका छन् ।
त्यसपछि दिश्रो स्थानमा सिंगापुर रहेको छ जसलाई १९० गन्तब्यमा फ्रि-भिसा उपलब्ध छ र तेश्रो स्थानमा दक्षिण कोरिया र जर्मनी पदर्छ, दुवैलाई १८९ गन्तब्य स्थानमा भिसा सहित जाने अनुमति छ ।
विश्वको उत्कृष्ट १० पासपोर्ट मध्ये न्युजील्याण्ड १८५ गन्तब्यमा फ्रि-भिसाको साथमा सातौं स्थानमा छ र अष्ट्रेलिया १८४ गन्तब्य स्थानमा जाने अनुमति संगै आठौँ नम्बरमा छ ।
कोरोना महामारीले प्रतिबन्ध लगाइएको कारण, बेलायत र अमेरिकाको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सातौँ नम्बरमा छन् ।
अमेरिकी पासपोर्ट भएका मानिस अहिले केवल ७५ गन्तब्यमा जान अनुमति पाएका छन् । बेलायतको पासपोर्ट भएका व्यक्तिले अहिले केवल ७० वटा देशमा भिसा पाउनेछन् ।
संयुक्त अरब इमरेट्सले सन् २०२०मा उच्च मान्यताको भिसा सम्झौताहरु गरेको छ र कतिपय राष्ट्रलाई निशुल्क भिसा उपलब्ध गराउने निर्णय गरेको छ ।
इजरायल र संयुक्त अरब इमरेट्सले द्विपक्षीय फ्रि भिसा लागु गरको छ । सन् २००६ मा ६२ औं स्थानमा रहेको संयुक्त अरब इमरेट्स सन् २०२१ मा विश्वको सबै भन्दा उत्कृष्ट भिसाको सुचीमा १६ औं नम्बरमा छ । जसको १७३ देशमा फ्रि भिसा वा आगमन भिसा उपलब्ध छ ।
विश्वको सबै भन्दा उत्कृष्ट पासपोर्टको सुची
१. जापान(१९१ गन्तब्य)
२. सिंगापुर (१९०)
३. दक्षिण कोरिया, जर्मनी (१८९ )
४. इटाली, फिनल्याण्ड, स्पेन, लक्जमबर्ग (१८८)
५. डेनमार्क, अष्ट्रिया (१८७ )
६. स्विडेन,फ्रान्स, पोर्चुगल,आयरल्याण्ड (१८६)
७. स्विजरल्याण्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम (१८५)
८. ग्रिस, माल्टा, चेन्ज रिपब्लिक, अष्ट्रेलिया (१८४)
९. क्यानडा (१८३)
१०. हंगेरी (१८१)
विश्वका सबै भन्दा खराब पासपोर्टको सुची, विश्वका कातिपय राष्ट्रमा ४० भन्दा पनि कम राष्ट्रहरुले फ्रि भिसा वा आगमन भिसा दिएका छन् ।
१०३. उत्तर कोरीया (३९ गन्तब्य स्थान )
१०४. लिबिया, नेपाल (३८ )
१०५. प्यालेस्टाइनको क्षेत्र (३७)
१०६. सोमालिया, यमन (३३)
१०७. पाकिस्तान (३२)
१०८. सिरिया (२९ )
१०९. इराक (२८)
११०. अफगानिस्तान (२६)
30th Apr 2020 , 12:40 pm
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am