
२४ पुस, काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरि हिल्सले आज (पुस २४) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्दै छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार तीमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७ सय ५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो। उसका अनुसार आईपीओ छिटोमा यही पुस २८ गते र तोकिएको समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीका अनुसार इच्छुकले सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९ सय ६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। चन्द्रागिरि हिल्सले काठमाडौंको चन्द्रगिरि नगरपालिकामा केबलकार तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।
30th Apr 2020 , 12:40 pm
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am